कर्मचारी आवश्यकता सम्बन्धी सुचना
(प्रकाशित मिति: २०८२/०८/०२ गते)
यस वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि. कार्यालयमा एक जना ऋण असुली अधिकृत आवश्यक परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आइपुग्ने गरि यस कार्यालयमा दरखास्त आव्हान गरिन्छ ।
तपशिल:
पद : ऋण असुली अधिकृत
संख्या : १ (एक)
आवश्यक न्यूनतम योग्यता:
क. मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने ।
ख. नेपाली तथा अङ्ग्रेजी टाइपिङ र सफ्टवेयर सम्बन्धी ज्ञान भएको हुनुपर्ने ।
ग. लेखा सम्बन्धी र वित्तीय संस्थामा काम गरेको अनुभव भएको हुनुपर्ने ।
आवश्यक कागजातहरु : हस्तलिखित निवेदन सहित व्यक्तिगत विवरण, फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु, अनुभवको प्रमाणपत्रहरु तथा अन्य कागजातहरु ।
तलब तथा सुविधा : संस्थाको नियम अनुसार ।
आवेदन शुल्क : रु.५००/- (पाँच सय मात्र)
नोटः दरखास्त बुझाउने प्रक्रिया वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय सुर्खेत रोड, बाँके प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र छनोट प्रक्रियाको लागि सम्पर्क गरिने छ ।
पदपूर्ति उपसमिति
वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि.
